दफा ५
विज्ञापन गर्नु पर्ने
(१) व्यवस्थापकले रिक्त पद पूर्तिको लागि विज्ञापन गर्दा सर्वसाधारणले
थाहा पाउने गरी राष्ट्रिय स्तरको कुनै एक पत्रपत्रिका, रेडियो वा टेलिभिजनबाट कम्तीमा एक
महिनाको अवधि तोकी विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विज्ञापन गर्दा पदपूर्ति गर्नु पर्ने पद र सो पदको संख्या,
स्थायी वा अस्थायी, आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव, कामको किसिम, परीक्षाको
किसिम, दरखास्त दस्तुर, उमेरको हद, नागरिकता, दरखास्त दिने अन्तिम मिति, परीक्षा हुने
मिति, समय र स्थान आदि कुराहरू त्यस्तो विज्ञापनमा स्पष्ट रूपमा खुलाएको हुनु पर्नेछ ।